Grand Shivalaya Hotel And Restro

About Us

ग्राण्ड शिवालय = शिवजीको घर 

Logo GS

हिन्दु वेदशास्त्रहरुमा उल्लेख छन् :

  • सृष्टिको सुरु ब्रह्मबाट भएको हो र सृष्टिको अन्त्य पनि त्यहि ब्रह्ममा हुन्छ ।
  • शान्त, आनन्द, श्वप्रकाश र चेतना ब्रह्मका विभिन्न गुणहरु मध्यका ४ वटा प्रमुख गुणहरु हुन् ।
  • शिवजी निराकार अव्यक्त ब्रह्मको देखिने रुप हो ।
  • शिवजी, ब्रह्म, सदाशिव भनेकाे एउटै हाे तर ब्रह्मकाे विभिन्न अवस्थाकाे नाम हाे ।

वेदशास्त्रहरुकाे महत्व र उद्देस्य:

  •  मानव जातीको मृत्यु भएर स्थुल शरीर त्यागे पछि मानिसको लिङ्ग शरीर ब्रह्ममा पुग्नु पर्दछ । 
  • मानव जातीको मृत्यु भएर स्थुल शरीर त्यागे पछि मानिसको लिँग शरीरलार्इ ब्रह्ममा पुर्याउने कार्य शिवजीले गर्नु हुन्छ ।

  • त्यसैले मानिसले आफ्नो जीवनमा त्यस शिवजीलार्इ प्राप्त गर्नु मानव जीवनकाे प्रमुख उद्देश्य हाे ।

  • सृष्टीमा अन्य विभिन्न देवीदेवताहरू छन्, तिनीहरू सँग सम्पर्क गर्न सकिन्छ, तिनीहरू सँग बाेल्न सकिन्छ, दुख्ख सुख्ख पाेख्न सकिन्छ ।

  • ती देवीदेवताका बाणीहरू, शिक्षाहरू र उपदेशहरू मानव जातीले बुझ्न अावश्यक छन् ।

  • यसरी शिवजी, ब्रह्म, सदाशिव, अन्य देवीदेवताहरू, उहाँ हरूकाे महत्वहरू, बाणीहरू, शिक्षाहरू र उपदेशहरू मानव जाती सम्म पुर्याउनु, पुर्याउने उपायका शिक्षाहरू दिनु, वातावरण बनाइदिनु धर्म, संस्कार र वेदशास्त्रहरुकाे प्रमुख उद्देश्य हाे ।

पाैराणिक युग:

पाैराणिक कालमा मानव जातीलार्इ धार्मिक शिक्षा र प्रेरणा दिनका लागी मानिसकाे यात्रा गरेर बास बस्ने ठाउँमा पाटी पाैवा बनाइन्थ्याे र त्यहा शिवजी लगाएत अन्य देवीदेवताहरूकाे मुर्ती मन्दिर स्थापना गरेर बास बस्ने वा अन्य वरपरका मानिसहरूलार्इ शिवजी तथा अन्य देवीदेवताहरूकाे चर्चा गर्ने, पुजा गर्ने, देख्ने बुझ्ने वातावरण बनाइएकाे हुन्थ्याे । यस्ता ठाउँहरूलार्इ शिवालय भनिन्थ्याे । 

∗शिवजी, ब्रह्म, सदाशिव, अन्य देवीदेवताहरू भनेकाे केहाे ?  ∗वेदशास्त्रहरूले मानवजातीलार्इ भन्न खाेजेकाे सन्देश र तात्पर्य के हाे ? ∗सृष्टी, जीवन, मृत्यु, भवसागर, नर्क, स्वर्ग, भनेकाे के हाे ?   ∗मृत्यु पछिको  मुक्ती, कैवल्य मुक्ती भनेकाे के हाे ?  ∗तेस्राे नेत्र भनेकाे के हाे ?    ∗ स्वस्थ तथा अस्वस्थ तेस्रो नेत्र भनेको के हो ?    ∗ कुनै कुनै मानिसहरूले पितृ, देवीदेवताहरू लार्इ देख्दछु भन्दछन् याे के भनेकाे हाे ?  ∗कुनै कुनै मानिसहरु देवीदेवता संग बोल्न सक्छु भन्ने, देवी देवता लागेको भन्ने, हेराउने, भविष्यबाणी गर्ने, उपचार गर्ने, काेहीकाेही   बर्बराउने, रुने, झगडा गर्ने, काेहीकाेही धर्म संस्कारकाे कुरा गर्ने, दाह्री कपाल लामाे गर्ने, विभिन्न भेषभुषा गर्ने, धर्म संस्कारका विधीहरू प्रयाेग गरेर उपचार गर्ने भनेकाे केहाे ?

पाैराणिक वेदशास्त्रहरूमा उल्लेख गरिएका कतिपय कुराहरू सत्य  रहेछन्, हरेक मानव जातीले जीवनभरमा बुझ्नै पर्ने ज्ञान हाे रहेछ रअाजकाे अाधुनिक वैज्ञानिक युगका मानिसहरूका लागी पनि याे सान्दर्भिक र महत्वपूर्ण रहेछ ।

ब्रह्मज्ञान  र ब्रह्मज्ञानी 

वेदशास्त्रहरूमा सृष्टी, जीवन, मृत्यु र तेस्राे नेत्रकाे ज्ञानलार्इ ब्रह्मज्ञान भनिन्छ र ती ज्ञानहरूका बारेमा अनुभवहरू गरेकाहरूलार्इ ब्रह्मज्ञानी भनिन्छ ।

आजको आधुनिक वैज्ञानिक युग:

पाेखरा अान्तरिक वा बाह्य पर्यटकहरूकाे गन्तब्य स्थान हाे । विभिन्न उद्देस्यले पाेखरामा अाउनु भएक, बटुवा, यात्रु, पर्यटकहरूलार्इ बस्ने, खाने, अाराम गर्ने, रमाइलाे गर्ने वातावरण बनाउन सुबिधा सम्पन्न हाेटलकाे सुबिधाहरु उपलब्ध गराउदै साथमा सम्पुर्ण मानव जातीलार्इ अावश्यक ब्रह्मकाे ज्ञानकाे चर्चा गर्ने र गराउने माैका उपलब्ध हाेस भनेर यस ग्राण्ड शिवालय हाेटल एण्ड रेष्ट्राेकाे स्थापना भएकाे हाे । 

यस हाेटलका अायाेजकहरू ब्रह्मकाे ज्ञानी हुनुहुन्छ । ब्रह्मज्ञानीहरूकाे स्वस्थ तेस्राे नेत्रखुलेकाे हुन्छ, देवदेवताहरूलाई देख्न, उनिहरु संग दोहोरो कुराकानी गर्न सक्दछन, शिव जी , दुर्गा माता, गणेश जी, सीता राम,  राधा कृष्ण, हनुमान अन्य देवी देवता हरु संग  दोहोरो कुरा गर्न सक्दछन् , ब्रह्म को अनुभव, सदाशिव को अनुभव गरेका हुन्छन् ।  अाशा छ यस हाेटलमा पाल्नु हुने पाउनाहरूमा यदि ब्रह्मकाे ज्ञानकाे बारेमा अलि अलि वा गहिरिएर बुझ्न चाहना राख्नुहुने, नियमहरू पालना गर्नुहुने हरूलार्इ अावस्यक सरसल्लाह, ब्रह्मज्ञानका बारेमा अावश्यक सरसल्लाह, विभिन्न सुझावहरू दिन सकिनेछ ।

वेदशास्त्र के हो ?

मानिस को स्वस्थ र अस्वस्थ तेस्रो नेत्र भनेको के हो ?

देवीदेवता भनेको के हो ?

देवीदेवताहरु साक्षात छन् । 

ब्रह्मकाे अनुभव गर्न सकिन्छ ।

सदाशिवकाे अनुभव गर्न सकिन्छ ।

ब्रह्मज्ञान के हाे ? 

ब्रह्मकाे ज्ञानका बारेमा विस्तृत जानकारी लिन यहा जानु हाेला ।

kamalsfabulous banner

ब्रह्मज्ञान : मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसंगको सम्पर्क र संघर्षको रस 

लेखक डा. कमल मान श्रेष्ठ , लेखिका डा . इन्दु श्रेष्ठ

 For Site:   www.kamalsfabulous.com

 

For E book:  My Book

सृष्टी, जीवन, मृत्यु र तेस्राे नेत्रकाे ज्ञान हरेक मानिसका लागी अावश्यक छ । जानेर नजाेर गरिएका संकारहरूले मानिसहरूमा भ्रम सृजनाहुने र गलत अर्थ र गलग बिधीहरूमा डाेर्याएकाे हुन्छ ।

सृष्टी, जीवन, मृत्यु र तेस्राे नेत्रकाे ज्ञानका बारेमा अल्पज्ञान भएर मानिसहरु कोही कोही बिरामी अवस्थामा पुगेका हुन्छन् र त्यस्ता बिरामी भएकाहरूले ब्रह्मकाे पूर्णज्ञान प्राप्तगरि उपचार पाएकाहरूकाे प्रत्यक्ष भिडियाेहरू :

YOUTUBE     kamals  fabulous

ब्रह्मज्ञान धर्म र संस्कार हाेइन । याे बिसुध्द विज्ञान हाे ।