Grand Shivalaya Hotel And Restro

About Us (This page is available only in Nepali language)

ग्राण्ड शिवालय = शिवजीको घर 

Logo GS

हिन्दु वेदशास्त्रहरुमा उल्लेख छन् :

  • सृष्टिको सुरु ब्रह्मबाट भएको हो र सृष्टिको अन्त्य पनि त्यही ब्रह्ममा हुन्छ ।
  • शान्त, आनन्द, स्वप्रकाश र चेतना ब्रह्मका विभिन्न गुणहरु मध्यका ४ वटा प्रमुख गुणहरु हुन् ।
  • शिवजी निराकार अव्यक्त ब्रह्मको देखिने रुप हो ।
  • शिवजी, ब्रह्म, सदाशिव भनेकाे एउटै हाे तर ब्रह्मकाे विभिन्न अवस्थाकाे नाम हाे ।

वेदशास्त्रहरुकाे महत्व र उद्देस्य:

  • मानव जातीको मृत्यु भएर स्थुल शरीर त्यागे पछि मानिसको लिङ्ग शरीर ब्रह्ममा पुग्नु पर्दछ ।
  • मानव जातीको मृत्यु भएर स्थुल शरीर त्यागे पछि मानिसको लिँग शरीरलाई ब्रह्ममा पुर्याउने कार्य शिवजीले गर्नु हुन्छ ।
  • त्यसैले मानिसले आफ्नो जीवनमा त्यस शिवजीलाई प्राप्त गर्नु मानव जीवनकाे प्रमुख उद्देश्य हाे ।
  • सृष्टीमा अन्य विभिन्न देवीदेवताहरू छन्, तिनीहरूसँग सम्पर्क गर्न सकिन्छ, तिनीहरूसँग बाेल्न सकिन्छ, दु:ख सुख पाेख्न सकिन्छ।
  • ती देवीदेवताका बाणीहरू, शिक्षाहरू र उपदेशहरू मानव जातीले बुझ्न आवश्यक छन् ।
  • यसरी शिवजी, ब्रह्म, सदाशिव अन्य देवीदेवताहरू उहाँहरूकाे महत्वहरू, बाणीहरू, शिक्षाहरू र उपदेशहरू मानव जातीसम्म पुर्याउनु, पुर्याउने उपायका शिक्षाहरू दिनु, वातावरण बनाइदिनु धर्म, संस्कार र वेदशास्त्रहरुकाे प्रमुख उद्देश्य हाे ।

पाैराणिक युग:

पाैराणिक कालमा मानव जातीलाई धार्मिक शिक्षा र प्रेरणा दिनका लागि मानिसकाे यात्रा गरेर बास बस्ने ठाउँमा पाटी पाैवा बनाइन्थ्याे र त्यहाँ शिवजी लगाएत अन्य देवीदेवताहरूकाे मुर्ती मन्दिर स्थापना गरेर बास बस्ने वा अन्य वरपरका मानिसहरूलाई शिवजी तथा अन्य देवीदेवताहरूकाे चर्चा गर्ने, पुजा गर्ने, देख्ने बुझ्ने वातावरण बनाइएकाे हुन्थ्याे । यस्ता ठाउँहरूलाई शिवालय भनिन्थ्याे । 

  • शिवजी, ब्रह्म, सदाशिव, अन्य देवीदेवताहरू भनेकाे के हाे ? 
  • वेदशास्त्रहरूले मानवजातीलाई भन्न खाेजेकाे सन्देश र तात्पर्य के हाे ?
  • सृष्टी, जीवन, मृत्यु, भवसागर, नर्क, स्वर्ग, भनेकाे के हाे ?   
  • मृत्यु पछिको  मुक्ती, कैवल्य मुक्ती भनेकाे के हाे ? 
  • तेस्राे नेत्र भनेकाे के हाे ? 
  • स्वस्थ तथा अस्वस्थ तेस्रो नेत्र भनेको के हो ? 
  • कुनै कुनै मानिसहरूले पितृ, देवीदेवताहरूलाई देख्दछु भन्दछन्। याे के भनेकाे हाे ?
  • कुनै कुनै मानिसहरु देवीदेवतासँग बोल्न सक्छु भन्ने, देवी देवता लागेको भन्ने, हेराउने, भविष्यबाणी गर्ने, उपचार गर्ने, काेहीकाेही   बर्बराउने, रुने, झगडा गर्ने, काेहीकाेही धर्म संस्कारकाे कुरा गर्ने, दाह्री कपाल लामाे गर्ने, विभिन्न भेषभुषा गर्ने, धर्म सँस्कारका विधीहरू प्रयाेग गरेर उपचार गर्ने भनेकाे के हाे ?

पाैराणिक वेदशास्त्रहरूमा उल्लेख गरिएका कतिपय कुराहरू सत्य  रहेछन्। हरेक मानव जातीले जीवनभरमा बुझ्नै पर्ने ज्ञान ब्रह्मज्ञान हाे रहेछ र आजकाे आधुनिक वैज्ञानिक युगका मानिसहरूका लागी पनि याे सान्दर्भिक र महत्वपूर्ण रहेछ ।

ब्रह्मज्ञान  र ब्रह्मज्ञानी 

वेदशास्त्रहरूमा सृष्टी, जीवन, मृत्यु र तेस्राे नेत्रकाे ज्ञानलाई ब्रह्मज्ञान भनिन्छ र ती ज्ञानहरूका बारेमा अनुभवहरू गरेकाहरूलाई ब्रह्मज्ञानी भनिन्छ ।

आजको आधुनिक वैज्ञानिक युग:

पाेखरा आन्तरिक वा बाह्य पर्यटकहरूकाे गन्तब्य स्थान हाे। विभिन्न उदेश्यले पाेखरामा आउनु भएका, बटुवा, यात्रु, पर्यटकहरूलाई बस्ने, खाने, आराम गर्ने, रमाइलाे गर्ने वातावरण बनाउन सुबिधा सम्पन्न हाेटलकाे सुबिधाहरु उपलब्ध गराउँदै साथमा सम्पूर्ण मानव जातीलाई आवश्यक ब्रह्मकाे ज्ञानकाे चर्चा गर्ने र गराउने माैका उपलब्ध होस् भनेर यस ग्राण्ड शिवालय हाेटल एण्ड रेष्ट्राेकाे स्थापना भएकाे हाे । 

यस हाेटलका आयाेजकहरू ब्रह्मकाे ज्ञानी हुनुहुन्छ। ब्रह्मज्ञानीहरूकाे स्वस्थ तेस्राे नेत्र खुलेकाे हुन्छ, देवीदेवताहरूलाई देख्न, उनीहरुसँग दोहोरो कुराकानी गर्न सक्दछन्, शिवजी, दुर्गा माता, गणेशजी, सीताराम, राधाकृष्ण, हनुमानजी लगायत अन्य देवीदेवताहरुसँग दोहोरो कुरा गर्न सक्दछन्, ब्रह्मको अनुभव, सदाशिवको अनुभव गरेका हुन्छन्।  आशा छ यस हाेटलमा पाल्नु हुने पाहुनाहरूमा यदि ब्रह्मकाे ज्ञानकाे बारेमा अलि अलि वा गहिरिएर बुझ्न चाहना राख्नुहुने, नियमहरू पालना गर्नु हुनेहरूलाई आवश्यक सरसल्लाह, ब्रह्मज्ञानका बारेमा आवश्यक सरसल्लाह, विभिन्न सुझावहरू दिन सकिनेछ।

ब्रह्मज्ञान के हाे ? 

ब्रह्मकाे ज्ञानका बारेमा विस्तृत जानकारी लिन यहाँ जानु हाेला ।

kamalsfabulous banner

ब्रह्मज्ञान : मृत्युलाई चिहाएर हेर्दा भय र मृत्युसंगको सम्पर्क र संघर्षको रस 

लेखक: डा. कमल मान श्रेष्ठ , लेखिका: डा. इन्दु श्रेष्ठ

 Webite:  www.kamalsfabulous.com

 

For E-book:  My Book

सृष्टी, जीवन, मृत्यु र तेस्राे नेत्रकाे ज्ञान हरेक मानिसका लागी आवश्यक छ। जानेर नजानेर गरिएका सँस्कारहरूले मानिसहरूमा भ्रम सृजना हुने र गलत अर्थ र गलग बिधीहरूमा डाेर्याएकाे हुन्छ ।

सृष्टी, जीवन, मृत्यु र तेस्राे नेत्रकाे ज्ञानका बारेमा अल्पज्ञान भएर मानिसहरु कोही कोही बिरामी अवस्थामा पुगेका हुन्छन् र त्यस्ता बिरामी भएकाहरूले ब्रह्मकाे पूर्णज्ञान प्राप्त गरि उपचार पाएकाहरूकाे प्रत्यक्ष भिडियाेहरू :

YOUTUBE: KamalsFabulous

ब्रह्मज्ञान धर्म र संस्कार हाेइन । याे विसुद्ध विज्ञान हाे ।